सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १८ चैत । नेपाल–चीन संयुक्त लगानीमा सञ्चालित हिमालय एयरलाइन्सले सेवा विस्तारका क्रममा आजदेखि तेस्रो नयाँ विमान ‘ए’ ३२० थपेको छ ।
व्यावसायिक उडान थालेको पहिलो वर्षमा नै उक्त कम्पनीले एकसय ५८ सिट क्षमताको उक्त विमान जर्मनीको ह्याम्बर्गबाट ल्याएको हो ।
हिमालय एयरलायन्सले आज एक विज्ञप्ति निकालेर मुलुकको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन यसै महिनादेखि दमाम, दुवई, हङकङ, दिल्ली, चेन्नाई, बैङ्कक, बेइजिङमा उडान गर्ने जनाएको छ । सो एअरलाइन्सले हाल कतारको दोहा, मलेसियाको क्वालालम्पुर र म्यान्माको याङगुनमा नियमित सिधा उडान गरिरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा