सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । साताको पहिलो दिन नेप्से ६९ अंकले बढेको छ । अधिकांश सुचाङक बढेको नेप्से २ हजार ९ सय २६ बिन्दुमा पुगेको छ । यसदिन १ करोड ८२ लाख ५४ हजार ४२५ कित्ता सेयर १ लाख १ हजार ५८९ पटक कारोबार हुँदा ९ अर्व ६७ करोड ६३ लाख भन्दा बढिको कारोबार भएको छ ।
आइतबार सर्वाधिक उत्पादन समुह ४०९.८२ अंकले बढ्दा जिवन विमा समुह ३८९.५१ अ.कले बढेको छ । त्यस्तै, निर्जिवन विमा समुह २६६.२२ अंकले बढेको छ भने विकास समुह १४३.४२ अंकले बढेको छ ।
यसदिन सर्वाधिक स्ट्याण्डर्ड चार्टर, मध्यभोटेकोशी र किसान लघुवित्तको सेयर मुल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, आज एभरेष्ट इन्स्योरेन्सको सेयर मुल्य सर्वाधिक ३.६२ प्रतिशतले घट्दा १०.२५ प्रतिशत ग्लोवल आईएमई बैकको डिबेन्चर ३.५९ प्रतिशतले घटेको छ ।
आज अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक ३६ करोड ४३ लाख १७ हजार ५३१ रुपैया बराबरको सेयर कारोबार हुँदा अरुण भ्यालीकै सेयर सबैभन्दा बढि ६ लाख ८६ हजार ४११ पटक कारोबार भएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा