सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत्र १७ ,काठमाडौँ : ठगी मुद्दामा फरार रहेका नुवाकोट थप्रेक–९ घर भई काठमाडौँ महानगरपालिका–३४ बस्ने ३४ वर्षीय रामचन्द्र पण्डितलाई प्रहरीले पक्राउ गरेको छ। ठगी मुद्दामा उनलाई काठमाडौँ जिल्ला अदालतको २०६७ जेठ २५ गतेको फैसलाले १ वर्ष कैद र २ लाख ५५ हजार ५ सय २५ रुपैयाँ जरिवाना ठहर गरेको थियो।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले पण्डितलाई बुधबार ताहचलबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि केन्द्रीय कारागार कार्यालय सुन्धारामा पठाइएको छ। काठमाडौँ महानगरपालिका–३४ स्थित पिपुल्स हेल्पफुल बचत तथा ऋण सहाकरी संस्थाका बजार प्रतिनिधि रहेका पण्डितले २०६५ सालको वैसाखदेखि आश्विन महिनासम्ममा संस्थाका बचतकर्ताहरुबाट संकलन गरेको २ लाख ५५ हजार ५ सय २५ रुपैयाँ संस्थामा जम्मा नगरी ठगी गरेको प्रहरीले जनाएको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा