सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । पछिल्लो २४ घण्टामा ७ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ३ सय ७६ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ७ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, २४ घण्टामा ९३२ जनाले कोरोना जितेका छन् । भने संक्रमणको कारणले ११ जनाको मुत्यु भएको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार ९४६ रहेको छ । जसमध्ये १० हजार ११६ जना होम आइसोलेसनमा र ८३० जना संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये २७९ जना आइसियूमा र ९१ जना भेन्टिलेटरमा उपचारत छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा