सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । साफ च्याम्पियनसीपमा ऐतिहासिक उपलब्धि हासिल गरेको नेपाली राष्ट्रिय फुटबल टिमका सदस्यहरु स्वदेश फर्किएका छन् । माल्दिभ्समा आयोजना भएको प्रतियोगिताको उपविजेता बनेको नेपाली टिम सोमबार बिहान १० बजे स्वदेश फर्किएका हुन् ।
खेलाडीहरूलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, एन्फा पदाधिकारी, परिवारका सदस्यहरु लगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।
यता, राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी भने कुवेत प्रस्थान गरेका छन् । मुख्य प्रशिक्षक अल्मुताइरी माल्दिभ्सबाट कतार हुँदै घर फर्किएका हुन् । अल्मुताइरीले केही दिनपछि मात्रै नेपाल फर्कने–नफर्कने विषयमा निर्णय हुने बताइएको छ ।
बंगलादेशसँग १÷१ गोलको बराबरी खेलेर फाइनलमा पुगेको नेपाली टोली भारतसँग ३–० ले पराजित भएको थियो । नेपालले लिग चरणमा माल्दिभ्सलाई १–० ले र श्रीलंकालाई ३–२ ले हराएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा