सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौं । नेपालीहरुको महान पर्व विजया दशमी तथा दिपावलीको अवसरमा गायिका रानी शाक्यको आवाजमा रहेको ”सरर दशैं तिहार “ गीतको भिडियो सार्वजनिक भएको छ । चाडपर्वले भित्राएको रौनकलाई गीतमा समावेश गरिएको छ ।
पर्वले भित्राएको उत्साह र उमङगलाई गीतमा ब्यक्त गरिएको छ । राजेश शाक्यको शब्द तथा कल्याण सिंहको संगीत गीतमा रहेको छ । दशैँमा आपसमा मिलेर खुशी साटासाट गर्नको लागी गायिकाले गीत मार्फत आग्रह गरेकी छन ।
ज्ञानेन्द्र शर्मा हुमागाईँको छायाँकन , विजय राज भुर्तेलको सम्पादन तथा पछिल्लो समयमा निकै ब्यक्त एवम सफल बन्न सफल कोरियोग्राफर तथा निर्देशक देव धिमालले गरेका छन । भिडियोलाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ ।
”सरर दशैं तिहार “ गीतको भिडियोमा पुष्प खड्का र पुजा शर्माको अभिनय तथा बालकलाकारमा निरिशका स्थापितको अभिनय पनी समावेश गरिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा