सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को महासचिवमा बेदुराम भुसाल नियुक्त भएका छन् । सचिवालयको बैठकमा भुसाललाई महासचिव बनाउने निर्णय भएको हो । महासचिवका लागी भुसालसँगै मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, गंगालाल तुलाधार, प्रकाश ज्वाला, विजय पौडेल लगायतले दावी गरेका थिए ।
यसैगरि, नेकपा एसको उपाध्यक्षमा राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई र प्रमेश हमाल चयन भएका छन्। त्यस्तै उपमहासचिवमा डा विजय पौडेल, डा गंगालाल तुलाधर र प्रकाश ज्वाला चयन भएका छन्।
सचिवमा रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी, केशवलाल श्रेष्ठको नाम टुंगो लागेको खतिवडाले बताए।
त्यस्तै नेकपा एसको स्थायी कमिटीमा ३१ सदस्य रहने छन्।
मंगलबार देखि शुरु भएको एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज सकिँदैछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा