सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सी: प्रभास तथा राणा दग्गुबतीको बहुप्रतिक्षित फिल्म ‘बाहुबली २’ले प्रदर्शन पहिले नै नयाँ रेकर्ड कायम गर्ने भएको छ। बलिउडमा फिल्म उद्योगमा पहिलो पटक देशैभर ६ हजार ५ सय स्क्रीनिङको बुकिङ भइसकेको व्यापार विशेषज्ञ रमेश बालाले ट्विटर मार्फत जानकारी दिएका छन्।बालाका अनुसार ‘बाहुबली’ले नै आफ्नो ट्रेलरबाट धेरैको मन जितेको थियो भने अहिलेको ‘बाहुबली २’को ट्रेलर एक हप्तामा एक सय मिलियन मानिसले हेरेका थिए। यो पनि रेकर्ड पनि अहिलेसम्मै भारतीय फिल्म उद्योगमा पहिलो भएको उनको दाबी छ।
अप्रिल २८ देखि प्रदर्शन हुन लागेको ‘बाहुबली २’लाई दर्शकले पर्खिरहेको बालाले प्रतिक्रिया दिएका छन्। यो फिल्म बन्न करीब २ वर्ष लागेको थियो। फिल्ममा प्रभास, राणा दग्गुबती, अनुष्का शेट्टी, तमन्ना भाटिया, राम्या कृष्णन सत्याराज तथा सुदीमले मूख्य भूमिकामा देखिएका छन्।
एसएस राजामौली र करण जौहरले निर्देशन गरेको ‘बाहुबली २’ लाई विश्वभरबाट एकैसाथ सार्वजनिक गरिने बताइएको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा