सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । जनता समाजवादी पार्टीको आधिकारिकता हस्ताक्षर संकलनमा तानातामा परेका रेशम चौधरी तटस्थ बसेका छन् । जेलमा रहेका प्रतिनिधिसभाका निलम्बित सदस्य तथा जसपाका कार्यकारिणी सभा सदस्य रेशम चौधरीले पार्टीको आधिकारिकता सम्बन्धी विवादमा आफू तटस्थ बसेको जानकारी दिएका छन् । जेलमा रहेको आफूलाई पक्षमा विपक्षमा हस्ताक्षर सनाखत आफ्नो नैतिकताले नदिएको बताए ।
जसपाको आधिकारिकताका लागि भएको सनाखतमा अध्यक्ष उपेन्द्र यादवका पक्षमा ३४ जना केन्द्रीय कार्यकारिणी सदस्य देखिएका छन् ।
५१ सदस्यीय समितिमा अर्का अध्यक्ष महन्थ ठाकुरको पक्षमा १६ जना उभिएका छन् । केन्द्रीय कार्यकारिणी सदस्य रेशम चौधरी भने तटस्थ बसेका छन् । निर्वाचन आयोगले गराएको सनाखत सकिएको छ ।
१० वैशाख ०७७ मा यादव नेतृत्वका समाजवादी पार्टी र ठाकुर नेतृत्वको राजपाबीच पार्टी एकता भएको थियो । एकता पनि ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति गठन भएको थियो । उक्त समितिमा ठाकुर पक्षका २६ जना सदस्य थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा