सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडाैं । इंग्ल्यान्ड समूह विजेता बन्दै १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति समूह चरणको अन्तिम खेलमा चेक रिपब्लिकलाई १-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड समूह विजेता बानीको हो ।
यस जितसँगै समूह ‘डी’ को इंग्ल्यान्डले अपराजित रहदै अन्तिम १६ मा स्थान बनाएको छ । शीर्ष स्थानमा रहेको इंग्ल्यान्डले ३ खेलमा ७ अंक जोड्यो ।
क्रोएसिया उपविजेता बन्दै नकआउट चरणमा
क्रोएसिया समूह उपविजेता बन्दै १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा मंगलबार राति स्कटल्याण्डमाथि ३-१ गोलको जित निकाल्दै क्रोएसिया समूह उपविजेता बनेको हो ।
क्रोएसियालाई जित दिलाउन निकोला भ्लासिच, लुका मोड्रिच र इभान पेरिसिचले एक एक गोल गरे । स्कटल्याण्डका कलुम म्याकग्रिगोरले एक गोल फर्काए ।
यस जितसँगै समूह ‘डी’ को क्रोएसियाले ३ खेलमा ४ अंक जोड्यो । र, समूह उपविजेता बन्यो । स्कटल्याण्ड भने प्रतियोगिताबाट बाहिरिएको छ । स्कटल्याण्ड १ अंक जोडेर समूहको पुछारमा रह्यो ।
आज अन्तिम ४ खेल हुँदै
रोकप फुटबलमा आज (मंगलबार) चार खेलहरु हुँदैछन् ।
युरोकपमा आज समूह चरणका अन्तिम चार खेलहरु हुने छन् । जसमा समूह ‘ई’ र समूह ‘एफ’ को २/२ खेलहरु हुनेछन् । जारी युरोकपमा १२ टिमले नकआउट चरणमा स्थान बनाईसकेको छ ।
समूह ‘ई’ मा रहेको स्पेनले आज राति स्लोभाकियासँग प्रतिस्पर्धा गर्नेछ । सेभियामा हुने स्पेन र स्लोभाकियाबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।
यसै समूहको अर्को खेलमा स्विडेन र पोल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।
समूह ‘एफ’ अन्तर्गत पोर्चुगलले फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ । साविक विजेता पोर्चुगल र फ्रान्सबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।
यसै समूहको अर्को खेलमा जर्मनीले हंगेरीसँग खेल्नेछ । जर्मनी र हंगेरीबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा