सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । त्रिदेशीय टी२० क्रिकेट प्रतियोगिताको अन्तिम लीग खेलमा नेपालले मलेशियालाई ६९ रनले पराजित गरेको छ।
पहिलो ब्याटिङ गर्दै नेपालले सात विकेट गुमाएर २१७ रन बनाएको थियो भने मलेशियाले १९.१ ओभरमा १४८ रन मात्रै बनायो।
बिहीवारको खेल अगाडि नै नेपाल र नेदरल्यान्ड्सबीच शनिवारको फाइनल खेल पक्का भइसकेको थियो।
नेपालले चार खेलबाट छ अङ्क जोडेको छ । लिगमा नेदरल्याण्ड्स बिरुद्धको एक खेलमा हार बेहोरेपनि पहिलो खेलमा नेदरल्याण्ड्सलाई नौ विकेटलाई हराएको नेपालले मलेसिया बिरुद्धको दुबै खेल जितेको हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा