सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रौतहट । परोहा नगरपालिका वडा नं ९ रामपुर खाप बाट सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पी रामपुर खापले १२५ किलाे अबैध कुखुरा बरामद गरेर नष्ट गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल ११ न. गण बाट सशस्त्र प्रहरी जिल्ला घुमूवा टोली खटीए को कमाण्डले ५ जनाको गाड़ी मोबाईल टोलीले भारत बाट अवैध तरिकाले नेपाल भित्राउने अवस्थामा १२५ किलाे कुखुरा बरामद गरेको छ।
करिब ४:४५ बजे को समयमा सशस्त्र प्रहरी ले अन्दाजी मूल्य ३१२५०/-(एकतिस हजार दुई सय पचास रुपया)बराबर को कुखुरा बरामद गरेको हो। गस्ती टोली लाई देखि कुखुरा छोडेर भागे को अवस्थामा कुखुरा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल (बि.ओ.पी) रामपुर खापका सशस्त्र प्रहरी निरीक्षक पंकज सिंहालाई जिम्मा लगाई नष्ट गरेका छन्।
जनप्रतिनिधि ,पशु क्वारेन्टाइनका प्रतिनिधि , स्थानीय र सञ्चारकर्मी लगायतको उपस्थितिमा खाल्टो खनी उक्त कुखुरा लाई नष्ट गरेका छन ।
खुल्ला सिमाना को कारण ले तस्करहरु मौका छोपी यस्ता अबैध गतिबिधीहरु भइ रहे को सूचना हामी पाएको हाम्रो टोलीले दिन-रात सिमा मा खटि तलगातार अवैध कारोबारहरु रोक्ना मा सफलता पनि पाएका छन।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा