सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फाल्गुन ३०,नेपालका कप्तान पारस खड्काले बंगलादेशमा मार्च २५ देखि अप्रिल ४ मा हुने इमर्जिङ टिम्स कप नखेल्ने बताएका छन् ।रिकरेन्ट एपेन्डिसाइटिस बिथ इन्टेसनाइनल अब्स्ट्रक्सन भएकाले अत्याधुनिक क्यामेरा प्रविधिबाट एड्हेसियालाईसि तथा की होल सर्जरी ९गुजुल्टिएका आन्द्राहरू मिलाउने० एवं इमर्जेन्सी ल्याप्रोस्कोपिक एपेन्डिक्टोमी गरिएको थियो । त्यसपछि फागुन ८ मा ग्रान्डी अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका थिए । पारसलाई त्यसबाट निको हुन तीनसाता लाग्ने बताइएको थियो ।
नेपाली राष्ट्रिय टोलीले आइसीसी क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको केन्यासँग हुने दुई खेलका लागि दिल्लीमा अभ्यास खेल खेले पनि पारस भारत गएका थिएनन्। गत सोमबारमात्र पारस अभ्यासमा फर्किएका थिए । उनले नेट्समा सामान्य ब्याटिङ मात्र गरेका थिए । उनलाई ब्याट टाउकोमाथि पुर्यालउन पनि गाह्रो परेको देखिन्थ्यो । अभ्यासमा निहुरिएर फिल्डिङ गर्दा पनि उनले गाह्रो महसुस गरेका थिए । बलिङ प्रशिक्षक विनोद दासले ग्राउन्ड फिल्डिङ गराइरहेको समयमा पारसलाई ‘हाइ बल’ फाल्न आग्रह गरेका थिए ।
प्रशिक्षक जगत टमाटा र पारसले सञ्चारमाध्यमसँग कुरा गर्दै शुक्रबार साँझ वा खेल हुने दिन बिहान मात्र खेल्नेरनखेल्ने निर्णय हुने बताएका थिए । तर शुक्रबारै नेपाली टिमको बैठकमा पारसले खेल्ने सम्भावना नरहेको स्थिति बनेको हो । पारसले आफ्नो स्थिति निश्चित नभएको तर पछिल्लो तीन दिनमा धेरै सुधार भएको र ६० प्रतिशत खेल्ने सम्भावना बनेको बताउँदै आएका थिए ।पारसले खेलाडीको मनोबल बढाउनका लागि मात्रै आफू ड्रेसिङरुममा बसेको बताउँदै अप्रेसनबाट पूर्ण रुपमा ठिक हुन केही समय लाग्ने र त्यसका लागि हतार नगर्ने बताएका छन् । उनले आफूले आइसीसी क्रिकेट लिग च्याम्पियनसिप र मार्चमा हुने इमर्जिङ टिम्स कप नखेल्ने बताइसकेको जानकारी दिएका छन् ।इमर्जिङ टिम्स कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेशका अन्डर २३ टीमसहित नेपाल, अफगानिस्तान, हङकङ र मलेसियाले प्रतिष्पर्दा गर्ने छन् ।इ-कान्तिपुर बाट
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा