सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ। आज बिहीबार सुन चाँदीको भाउ बढेको छ । बुधबार तोलाको ९१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १६ सय रुपैयाँले बढेर ९२ हजार ६ सय रुपैयाँ पुगेको हो ।
तेजावी सुन पनि आज तोलामा १६ सय रुपैयाँले नै बढेर ९२ हजार १ सय रुपैयाँ पुगेको छ । चाँदीको भाउ पनि २० रुपैयाँले बढेको छ । चाँदी आज तोलाको १२ सय ५ रुपैयाँमा कारोबार भैरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७९ हजार ३९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ७९ हजार ५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ३३ रुपैयाँ कायम गरेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा