सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
लन्डन । बेलायतले अमेरिकी औषधी निर्माता फाइजर र जर्मनीको बायोनटेकले मिलेर विकास गरेको कोरोना भाइरसविरोधी खोप सर्वसाधारणलाई लगाउन स्वीकृति दिएको छ ।
बेलायतको नियमनकारी निकाय एमएचआरएले कोभिड १९ रोक्न ९५ प्रतिशत प्रभावकारी सिद्ध भएको उक्त खोप आगामी सातादेखि सर्वसाधारणलाई लगाउन मिल्ने गरी स्वीकृत गरेको बिबिसीले जनाएको छ ।
केही दिनभित्रै खोप अभियान सुरु हुने र प्रारम्भमा बूढाबूढी तथा बढी जोखिम समूहका व्यक्तिहरुलाई खोप दिइने प्राप्त समाचारमा उल्लेख छ । बेलायतले दुई करोड मानिसलाई पुग्ने गरी ४ करोड मात्रा खोप अर्डर गरिसकेको छ । करिब एक करोड मात्रा चाँडै नै प्राप्त हुने र पहिलो ८ लाख मात्राको खेप केही दिनमै बेलायत आइपुग्ने बताइएको छ ।
यो हालसम्मकै सबैभन्दा छिटो विकास गरिएको खोप हो । अवधारणादेखि आम प्रयोगको अवस्थासम्म आइपुग्न यसलाई १० महिनामात्र लागेको छ । सामान्यतया एउटा खोप तयार हुन विगतमा १० वर्षसम्म लाग्ने गरेको छ ।
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले ट्विट गर्दै उक्त खोपले जनजीवन सामान्य अवस्थामा फर्काउन र अर्थतन्त्रलाई फेरि गति दिन सघाउने बताएका छन् । बेलायतका स्वास्थ्य मन्त्री म्याट ह्यानकुकले खोप स्वीकृत गरेसँगै इस्टरदेखि अवस्था राम्रो हुँदै जाने र आगामी गृष्मसम्ममा सबैले सामान्य जीवनमा फर्किन पाउने बिबिसी ब्रेकफास्ट नामको कार्यक्रमसँग बताए ।
एनएचएसका प्रमुख कार्यकारी सर सिमोन स्टेभेन्सले त्यहाँको स्वास्थ्य सेवा मुलुकको इतिहासकै सबैभन्दा ठूलो खोप कार्यक्रमका लागि तयार भइरहेको बताए । खोप केन्द्रका लागि करिब ५० अस्पताल तयारी अवस्थामा छन् । सभाहलहरुलाई पनि खोप केन्द्रको रुपमा प्रयोग गर्ने तयारी छ ।
खोप कार्यक्रम सुरु भए पनि सर्वसाधारण कोरोना भाइरस रोक्न लागू गरिएका नियमभित्र बस्नुपर्ने विज्ञहरु बताउँछन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा