सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले कोरोना भाइरसविरुद्धको खोप प्रयोगमा आए पनि आफूले प्रयोग नगर्ने घोषणा गरेका छन् । आफ्नै सरकारले त्यसलाई ग्रहण गर्ने निर्णय गरे पनि आफूले नलगाउने उनले बताए ।
सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको भिडियोमा उनले भनेका छन्, ‘म तपाईंहरूलाई भन्छु कि म त्यो (खोप) लिन्नँ । यो मेरो अधिकार हो ।’ ब्राजिलमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमितमध्ये एक लाख ७० हजारभन्दा बढीको मृत्यु भएको छ ।
मृतकको यो संख्या अमेरिकापछि विश्वमै सबैभन्दा धेरै हो । कोरोनाका कारण भएको मानवीय क्षतिको हिसाबले ब्राजिल दोस्रोमा छ । अमेरिकामा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमितमध्ये दुई लाख ६९ हजार ५७९ जनाको मृत्यु भएको छ ।
संक्रमित संख्याको हिसाबले दोस्रोमा रहेको भारत भने मृतक संख्याका आधारमा तेस्रोमा छ । भारतमा कोरोनाका कारण मृत्यु भएको भनिएकाहरुको संख्या अहिलेसम्म एक लाख ३५ हजार ७५२ रहेको छ ।
विश्वमै दोस्रो धेरै मानवीय क्षति बेहोरेको मुलुक भएर पनि राष्ट्रपति बोल्सोनारोको अडान गलत भएको भन्दै धेरैले उनको आलोचना गरेका छन् ।
कोरोनाभाइरसको नियन्त्रणका लागि सरकारले गरेको कडाइप्रति उनले असहमति र असन्तुष्टि जनाउँदै आएका छन् । उनले मास्क लगाउनु नपर्ने, सामाजिक दुरी काम गर्नु नपर्ने र कुनै सतर्कताको आवश्यकता नभएको दाबी पनि गर्दै आएका छन् । उनी एकपटक कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा