सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । निजामती सेवातर्फ जागिर खान ठूलै आकर्षण छ । तर ‘ठूलो संघर्ष’ गरेर पाएको त्यही जागिर भटाभट छाड्न थालेका छन् ।
२०७५ साउनयता दुई बर्षभन्दा बढी अवधिमा झन्डै १ हजार ४ सय ६९ निजामती कर्मचारीले राजीनामा दिएका छन् ।
२०७५ साउनदेखि गत साउनसम्म १ हजार ३ सय ४ जनाले राजीनामा दिएका हुन ।
त्यसपछि करिब ४ महिनामा जागिर छाड्नेको संख्या १ सय ६५ छ । राष्ट्रिय किताबखाना (निजामती)का सूचना अधिकारी रोशन ज्ञवाली पछिल्लो दुई बर्षमा अवकाश अवधिभन्दा पहिले राजीनामा दिनेको संख्या बढेको बताउँछन् ।
विगतमा जागिर छाड्ने कर्मचारीको संख्या एक बर्षमा ३ सय हाराहारीमा मात्रै हुन्थ्यो । उपल्लो तहका कर्मचारीले संवैधानिक नियुक्ती, बढी निबृत्तिभरण र दातृनिकायको जागिरका लागि राजीनामा दिएको देखिन्छ ।
तल्लो तहका कर्मचारीले भने सेवा सुविधा कटौतीकै त्रासका कारण जागिर छाडेको जनाइएको छ ।
संघीय निजामती सेवाको गठन, संचालन र सेवा सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमार्फत सेवासुविधा कटौति गर्ने प्रस्ताव गरिएसँगै कर्मचारीले जागिर छाड्नेक्रम बढेको जानकारहरु बताउँछन । अन्नपूर्ण पोष्ट दैनिकबाट
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा