सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
साजिर मंसुर/ बारा । बाराको सदरमुकाम कलैया स्थित हाट बजार मा बिचौलियाहरु मौलाउदै गएका छन् । कलैया बजार मा वास्तविक किसानले आफ्नो तरकारीहरु बेच्न पाएका छैनन् ऊनीहरुले बाटो मै बसेर आफ्नो समान बेच्न बाध्य भएका छन् ।
बाटैमा पसल संचालन गरेर तरकारी बेच्न सुरु गरे पछी भिडभाड पनि निकै बढेको छ । बिश्वास एफ एम ले हिजो गरेको बजारको रिपोर्टिङमा कलैया बजारमा एउटा ब्यक्तिले दुई तीन वटा स्थानमा जग्गा कब्जा गरि आफ्नो समानहरु बेच्ने गरेको पाइएको छ ।नेपालकै सब भन्दा ठूलो हाट बजार मा आउने कलैया बजार फेरि भद्रगोल बनेको स्थिति छ । लाखौ खर्च गरेर केही महिना अगाडी ब्यवस्थित गरिएको बजार पुरानै पारामा जादा पनि कलैया उपमहानगरपालिका बाताबरण शाखा आखामा पट्टि बाधेर बस्नुमा आम नागरिक लाई शंका लाग्न थालेको छ ।
कलैया बजार को ब्यवस्थापनको विषयमा आज कलैया उपमहानगरपालिकाका नगरप्रमुख राजेश राय यादव ले कार्यक्रम “हाम्रो सरोकार” मा बोल्दै भने “हामीले बजार ब्यवस्थापन को लागि अनुगमन समिती बनाउने छौ र छैटै नै समस्या सामधान गर्ने “बताए ।त्यस्तै यता बारा का प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले पनि कार्यभार सम्हाले पछी सन्चारकर्मी संग परिचय कार्यक्रममा बोल्दै भने कलैया बजार निकै नै फोहोर भएको छ !सरसफाइको लागि यहाको स्थानीय तह संग मिलेर सरसफाई अभियान चाडै नै संचालन गर्ने बताए ।
आज प्रजिअ नेपालसंग बजारमा एउटा ब्यक्तिले दुई तीन वटा स्थानमा जग्गा कब्जा गरि आफ्नो समानहरु बेच्ने गरेको पाइएको छ भन्ने प्रश्नमा उनले भने ” कलैया उपमहानगरपालिका संग हामीले समन्वय गरेर बजार को फुटपात र अन्य समस्या को सामाधान छैटै गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा