सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । आम अनुमान विपरीत गत साउनमा विदेशमा रहेका नेपालीले पठाउने पैसा (रेमिट्यान्स) आश्चर्यजनक रुपमा बढेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार गत साउनमा पोहोर साउनको तुलनामा रेमिट्यान्स २३ प्रतिशतले बढेको छ ।
रोजगारीको लागि बिदेसिने क्रम रोकिएको र विदेशमा कार्यरत हजारौं नेपाली रोजगारी गुमाएको अवस्थामा रेमिट्यान्स आप्रवाह यो अनुपातमा बढ्नुलाई आश्चर्यजनक मानिएको छ । राष्ट्र बैंकका अनुसार गत साउनमा विदेशमा बसोबास गर्ने नेपालीले औपचारिक माध्यमबाट ९२ अर्ब ७१ करोड रुपैयाँ पठाएका छन् । पोहोर साउनमा रेमिट्यान्स अघिल्लो वर्षको तुलनामा २ प्रतिशत मात्रले बढी थियो ।
विदेश जाने नेपालीको संख्या भने गत साउनमा अघिल्लो साउनको तुलनामा ९९.२ प्रतिशतले घटेको छ । हवाई सेवा र श्रम स्वीकृति बन्द हुँदा रोजगारीका लागि बिदेसिनको संख्या लभगभ शून्यमा झरेको हो । अघिल्लो वर्ष साउनमा पनि रोजगारीका लागि बिदेसिनेको संख्या १९ प्रतिशतले घटेको थियो ।
साउनमा अमेरिकी डलरमा प्राप्त हुने रेमिट्यान्स १४.५ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा