सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपालले विश्वकै सबैभन्दा अग्लो भवन दुबईको बुर्ज खालिफामा आज राति नेपाली झण्डा फहराउने भएको छ ।आबुधाबीस्थित नेपाली दूतावासका अनुसार नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा शनिबार राति यूएईको दुबईमा रहेको विश्वकै अग्लो भवनमा नेपाली झण्डा फहराउन लागिएको हो । बुर्ज खलिफामा नेपाली झण्डा फहराउन लागिएको यो दोस्रो पटक हो ।
यसअघि अघिल्लो वर्ष पनि संविधान दिवसको अवसरमा नेपालले बुर्ज खालिफामा आफ्नो राष्ट्रिय झण्डा फहराएको थियो । यूएईको स्थानीय समयअनुसार राति ८ बजे ९ नेपाली समय ९ बजेर ४५ मिनेटमा झण्डा फहराउन लागिएको दूतावासले जनाएको छ ।
त्यस्तै सोही समयमै आबुधाबीस्थित नेशनल आयल कम्पनीको भवनमा समेत नेपाली झण्डा झलमलाउन लागिएको दूतावासले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा