सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रौतहट । रौतहटको दुर्गाभगवती गाउपालिकाको बाडा नं ४ छतौनामा राहत बितरण भएको छ।
हेसरा नेपाल र मुस्लिम हयुमनिटी हेल्पिंग हैन्डको सहयोगमा कोभिड १९ बाट प्रभावित तथा अति बिपन्नहरुलाइ केन्द्रीत गरी, सो राहत समाग्री बितरण गरेको हो।
दुर्गाभगवती गाउपालिकाको अध्यक्ष अरुण साहको प्रमुख आतिथ्य तथा नेकपा युवा नेता रामानन्द यादव र पत्रकारहरुको रोहवरमा खद्धान राहत सामग्री वितरण भएको हेसरा नेपालको CEO जियाउदिन खान बताउनु भएको छ।
कोरोना भाइरसको उच्च जोखिम रहेको बेला बिपन्न सय घर परिवारलाई २० किलो चामल, ३ किलो दाल, २ किलो चिनी, एक किलो सोयाबिन, दुई लिटर खाने तेल, साबुन ४ पिस र सर्जिकल मास्क बितरण गरेको मुस्लिम हुमयुनिटी हेल्पिंग हैन्डको रौतहट सेक्रेटरी मुक्ति आश महम्मदले बताउनु भएको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा