सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । वरिष्ठ क्याप्टेन विजय लामालाई कोरोनाभाइरस (कोभिड–१९) संक्रमण भएको छ। नेपाल वायुसेवा निगम (नेवानि) का पाइलट लामाले चार दिन अगाडि दक्षिण सुडानका लागि भएको चार्टर्ड उडानबाट फर्केपछि कोरोना संक्रणम भएको बताएका छन्। उनी हाल सोल्टी होटलको आइसोलेसनमा रहेका छन् ।
उनीसँगै नेपाल वायुसेवा निगमको वाइडबडी जहाज उडाएका बेलायती क्याप्टेन उदय कोल्हात्करलाई पनि संक्रमण पुष्टि भएको छ। उनीहरु दुवैले तीन दिनअघि शान्ति मिसनमा खटिएको नेपाली सेनाको टोलीलाई दक्षिण सुडान लगेका थिए ।
यसअघि पनि निगमका ७ जना क्याप्टेनसहित १४ जनालाई कोरोना संक्रमण भएको निगमले जानकारी गराएको थियो। उनीहरुलाई पनि सोल्टी होटल कै आइसोलेसनमा राखिएको थियो। उनीहरु सबै निको भएर काममा फर्किसकेका छन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा