सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
झापा । झापाको शिवसताक्षी नगरपालिका-११ स्थित सताक्षी धाम जाने भित्री सडक खण्डको किनारमा मृत अवस्थामा फेला परेका एक ब्याक्तीको हत्या भएको पुष्टी भएको छ ।
यही भाद्र १७ गते बिहान १० बजे सोही स्थानका २९ बर्षीय गोमन सिंह मगर मृत अस्थामा फेला परेका थिए । घटनाको जानकारी पाउनसाथ अनुसन्धानमा खटिएको १ नम्बर प्रदेश प्रहरी कार्यालयको क्षेत्रीय अनुसन्धान (RIT) समुह , जिल्ला प्रहरी कार्यालय झापा र संघीय प्रहरी ईकाई कार्यालय धरानबाट खटिएको डग समेतको टोलीले मगरको हत्या गरी फरार रहेका शिवसताक्षी-८ का ३२ बर्षीय मन कुमार लिम्बु लाई हिजो पक्राउ गरेको हो ।
लिम्बुले १६ गते साझँ साढे ६ बजे गोमन सिंहलाइ घुम्न जाउ भनि घरबाट बोलाएका थिए । साथीले बोलाएपछी मोटरसाईकलमा आएका गोमन सिंहलाई सताक्षी धाम मन्दिर तर्फ हावा खान जाम भनि उनि सोही मोटरसाईकल पछाडी बसी घटनास्थल तर्फ लिई गएका थिए । मोटरसाईकल पछाडी बसेकै बेला लिम्बुले पछाडीबाट गोमन सिंहलाई धारिलो हतियार कर्दले पटक-पटक घाँटीमा रेटी हत्या गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । लिम्बुले हत्यामा प्रयोग गरेको कर्द र उनले बोकेको मोबाईल समेत बरामद गरिएको छ ।
निजहरु विच भएको आर्थिक लेनदेन कारोबारमा असमझदारी भई बढेको मनमुटाबले हत्या भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएता पनी घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा