सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । गायक संगीतकार भिम चापागाईंको नयाँ गीत “चट्ट बसम” सार्वजनिक भएको छ । नेपाली गजल र सुगम संगीतमा लामो समय बिताएका भिम चापागाईंले गायिका मेलिनासंगको युगल गायनमा डान्सिङ बिटको “चट्ट बसम” गीत भिडियो सहित सार्वजनिक गरेका हुन् ।
दिपक शर्माको शब्द संगीत तथा नरेन्द्र बियोगीको संगीत संयोजन रहेको यस गीतको भिडियोमा नेपाली चलचित्र क्षेत्रका सर्वाधिक सफल जोडी महा नायक राजेश हमाल र नायिका करिष्मा मानन्धरको अभिनय रहेको छ ।
देवेन्द्र पाण्डेको निर्देशन र कोरियोग्राफी रहेको यस गीतलाई उत्सव दाहालले छायांकन गरेका हुन् भने सम्पादन अच्युत बजगाईंको रहेको छ ।
राजेश हमाल र करिष्मा मानन्धर अभिनित एक समयको सफल चलचित्र साथीको चर्चित गीत “मलाई पनि अंग्रेजीमा बोल्न सिकाईदेउन”को स्मरण गर्दै कथात्मक शैलीमा सुरु गरीएको यस गीतमा राजेश र करिष्माको नृत्य मौलिक पहिरन सहित देख्न सकिने छ ।
“चट्ट बसम” गीतका गायक भिम चापागाईंले यस गीतमा मौलिक शब्द संगीत सहित भिडियोमा समेत नेपाली मौलिकतालाई प्रस्तुत गरिएकाले दर्शक स्रोताले गीत मनपराउनेमा आफु आशावादी रहेको बताउँदै अग्रज तथा नयाँ स्रोता दर्शकलाई गीतका बारेमा आफ्ना धारणा राखिदिन अनुरोध गरेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा