सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कुनै पनि देशमा सुरक्षाको दुई वटा स्तर हुन्छ, पहिलो प्रहरी र दोस्रो सेना । जहाँ प्रहरीलाई देशको आन्तरिक सुरक्षाको जिम्मेदारी दिइएको हुन्छ भने सेनाको जिम्मेवारी वाहिरि सुरक्षाको हुने गर्दछ यानी सिमाको सुरक्षा । तर तपाई केही यस्ता देशको वारेमा जाानेर अचम्ममा पर्नु हुनेछ जसको कुनै सेना छैन । यी मध्येका केही देशको जिम्मेदारी दोस्रो देशले उठाउने गर्दछ ।
भ्याटिकन सिटि
भ्याटिकन सिटि जो विश्वको सबैभन्दा सानो देश हो, उसँग कुनै प्रकारको कुनै पनि सेना छैन । यहाँ पहिला नोबल गार्ड हुन्थे तर १९७० मा यो संस्थालाई ध्वस्त पारियो । यो देशको सुरक्षाको जिम्मेदारी इतलवी सेनाले गर्दे आएको छ ।
मोनाको
मोनाको पनि एउटा सानो देश हो , जहाँ १७ औ शाताब्दि देखी नै कुनै प्रकारको कुनै पनि सेना छैन । यद्यपी, यहाँ दुई साना–साना फौज छ, जस मध्ये एकले राजकुमारको सुरक्षा गर्दछ भने अर्कोले नागरीकको । फ्रान्सको सेनाले यसलाई सुरक्षा प्रदान गर्दे आइरहेको छ ।
मौरिसस
मौरिस एउटा बहुसांस्कृतिक देश हो । यहाँ पनि १९६८ देखी नै कुनै पनि सेना छैन । यद्यपी, यहाँ १०, ००० प्रहरी भने छन् जसले आन्तरिक र वाह्य दुबै सुरक्षाको जिम्मेदारी सम्हाल्ने गर्दछन ।
आइसल्याण्ड
युरोपको दोस्रो ठुलो द्धिप आइसल्याण्डमा पनि १८६९ देखी नै कुनै पनि सेना छैन । यो देश नाटोको सदस्य हो र यसको सुरक्षाको जिम्मेदारी अमेरीकाले हेर्ने गर्दछ ।
कोस्टारिका
मध्य अमेरिकाको क्यारेबियाली क्षेत्रमा रहेको देश कोस्टारिकामा १९४८ देखी कुनै पनि सेना छैन । १९४८ मा यहाँ भयंकर गृहयुद्ध भएको थियो, त्यसपछि यो देशले आफना सेना समाप्त गरीदियो । यो देश बिना सेना चल्ने ठुलो देश मध्य अग्रस्थानमा पर्दछ । तर यो देशमा आन्तरिक शान्ति सुरक्षाको लागी भने प्रहरी कर्मचारी रहेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा