सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बलीउडमा कोर्टरुम ड्रामामा एक पछि अर्को फिल्महरु बन्दैछ । यसै विषयमा ऋचा चड्ढा र अक्षय खन्ना स्टार ‘सेक्नश ३७५’ को नाम पनि समावेश भएको छ । फिल्मको ट्रेलर आज रिलिज भएको छ ।
ग्लामर उद्योगमा काम गर्ने एक जना कीशोरी र उसँग भएको रेपको कहानीलाई लिएर यो फिल्ममा अक्षय र ऋचा एक–अर्का विरुद्ध मुद्धा लडेको देखिनेछ । फिल्ममा एक पटक फेरी महिला उत्पीडन र बलात्कार लाई अपराधमा लगाउने यो धारा माथि उठान हुनेछ ।
फिल्मको ट्रेलर यूटयूबको ट्रेडिङमा आएको छ, भने यो भिडियोलाई ‘सेक्शन ३७५’ को टिमले यसलाई आफनो सोशल मिडिया एकाउन्टमा पनि शेयर गरेका छन् ।
फिल्मको ट्रेलर हेरेर भन्न सकिन्छ कि अक्षय बलात्कारको आरोपीका वकील हुन भने ऋचा कुनै पिडितलाई न्याय दिने कोशिश गरीरहेको हुन्छिन । अजय बहल द्धारा निर्देशित यो फिल्ममा राहुल भाट र मीरा चोपडा पनि छन् । भुषण कुमार, किशन कुमार, कुमार मंगत पाठक र अभिषेक पाठकद्धारा यसलाई निर्माण गरीएको हो । फिल्म १३ सेप्टेम्बरमा रिलिज हुदैछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा