सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बड्दो डिजिटलाइजेशन सँगै साइबर आक्रमण विश्वभरको लागी चिन्ताको कारण बनेको छ । ठुला बैक तथा वित्तिय कम्पनिहरुले पनि हरेक दिन हजारौ साइबर आक्रमणको सामना गर्नु परिरहेको छ । यी हजारौ कोशिशमा कहिले काही कुनै ह्याकर सफल पनि हुन्छन् र डाटा चोरी गर्नमा सफलता प्राप्त गर्छन ।
हालै मात्र अमेरीकाको क्यापिटल वन बैंक साइबर आक्रमणको चपेटामा परेको थियो । यसमा आरोपितले बैकको १० करोड भन्दा धेरै मानिसहरुको ब्यक्तिगत सुचना पनि चोरेको थियो । यो बैक अमेरीकाको सबैभन्दा ठुलो बैकको रुपमा गणना गरीन्छ । प्रायजसो घटनामा ह्याकर साइबर आक्रमण वा कुनै ब्यक्ति वा कम्पनिलाई ब्यक्तिगत रुपमा दिकदार लगाउनको लागी गर्दछन या त बुद्धिमत्तापुर्ण सुचनाहरुलाई चोरेर त्यसलाई ठुलो मुल्यमा बेच्ने गर्दछन् ।
यस्तैमा कुनै पनि देशको लागी आफनो बुद्धिमत्ता प्रणाली (System) लाई बचाएर राख्नु एउटा ठुलो चुनौती भएको छ । कुनै पनि प्रणाली (System) ह्याक गर्नको लागी ह्याकरको लागी उसको सबैभन्दा कमजोर लिङ्क पत्ता लगाउनु पर्ने आवश्यक हुन्छ र केही अवस्थामा ह्याकरले त्यो पत्ता लगाउने गर्दछ । आकडा अनुसार, अमेरीकामा यो बर्ष मात्र वित्तिय संस्थानमा ३,४९४ साइबर आक्रमण भईसकेको छ ।
अमेरीकाको संघिय कानुन प्रवर्तन अधिकारीहरुले बताए अनुसार सिएटलमा अमेजनको लागी काम गर्ने एक जना सफ्टवेयर इन्जिनियर पेज थोमसनले क्यापिटल वन वैकको डाटा चोरी गरेका थिए । उसले यो पत्ता लगाएका थिए कि क्यापिटल वन आफनो कम्प्युटर नेटवर्कको लागी कुन सेक्यूरिटि सफ्टवेयरको उपयोग गर्दछ । यसपछि थोमसन ले क्रेडिट कार्ड एप्लीकेशन सहित हजारौ उपभोक्ताहरुको ब्यक्तिगत सुचनाहरुलाई आफनो कम्प्युटरमा डाउनलोड गरेका थिए । थोमस त एउटा प्रतिनिधि पात्र मात्र हुन यस्ता घटना विश्वभर दैनिजसो हजारौ हुने गर्दछ ।
सानो गल्ति पनि बन्न सक्छ ठुलो
साइबर सेक्यूरिटिको लागी काम गर्ने संस्था एफएआइआर इन्चिच्युटका अध्यक्ष ज्याक जोन्सले भनेका छन कि साइबर सेक्यूरिटिको क्षेत्रमा एउटा सानो गल्ती पनि ठुलो बन्न सक्छ । तर साँचो यो पनि हो कि केयौ पटक ठुलो अवस्थामा साना–साना हुन पनि सक्छन् ।
हरेक ठुलो संस्थानमा कुनै अर्को कोणवाट खतराको घण्टी बजिरहेको पनि हुन सक्छ जुन कम्पनिले अनुमान पनि लगाउन सकिरहेको हुदैन । यस्तो अवस्थामा यो तय गर्न गाह्रो हुन्छ कि सबैभन्दा महत्वपुर्ण कुरा कुन हो ?
पेमेन्ट सेवा दिने कम्पनि मास्टरकार्डको सुरक्षालाई चुनौती दिनको लागी ह्याकर दिनको करीब चार लाख ६० हजार पटक प्रयास गर्दछन्, तर उनीहरु सफल हुन सक्दैनन् । क्यापिटल वन बैक मा भएको साइबर आक्रमण ठुला–ठुला वित्तिय संस्थाहरुको लागी चेतावनी हो । यो ह्याकबाट पाठ सिकेर वित्तिय संस्थानहरु भविष्यमा हुने खतराबाट बच्न सक्दछन् ।
ह्याकिङको कैयौ वाटो
केही अवस्थामा ह्याकर संस्थानमा काम गर्ने कर्मचारीहरुको कमजोर पासवर्डको लाभ उठाउदै नेटवर्कलाई ह्याक गर्दछन् । कहिले–काही फोटो पठाएर पनि नेटवर्कमा आक्रमण गर्ने गर्छन ।
सफ्टवेयर अपडेट नहुनाले पनि ह्याकरलाई ह्याकको बाटो सहज हुने गर्दछ । कहिल–काही त ह्याकर केही घण्टाको मेहनतमा नै डाटा चोरी गर्न सफल हुन्छन् भने कहिलेकाहि महिनौ पनि लाग्न सक्छ ।
ह्याकबाट बचाउन यि उपाहरु अपनाउन सकिन्छ
– डाटालाई सधै ब्याकअपमा राख्नुहोस्
– सफ्टवेयरलाई सधै अपडेट गर्नुहोस्
– एन्टि भाइरस राख्ने
– फेक ऐप्सबाट सधै रहनुहोस् सावधान
– ब्लुटुथ एक्टिभेट गरेर नछोड्नुहोस्
– पासवर्ड प्राय परिवर्तन गर्ने
– मोबाइल वा कम्प्युटरलाई कुनै अज्ञात डिभाइससँग कनेक्ट नगर्ने
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा