सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सर्लाही, साउन १ । लामो समयदेखि परेको अबिरल वर्षका कारण सर्लाही जिल्लाको अधिकांश भूभाग डुबानमा परेपछि खेतमा लगाएको हरियो तरकारीको बिरुवा मर्न थालेपछि हरियो तरकारीको मूल्य बढेको छ ।
कृषि उपज बजार सञ्चालक समिति नवलपुरले बजारमा तरकारीको माग अनुसारको तरकारी नआउँदा मुल्य बढेको जानाकारी दिए।
बजारमा अहिले गोलभेडाको मूल्य प्रतिकिलो २०० रुपियाँ छ भने, हरियो खुर्सानीको मुल्य प्रतिकिलो ४०० सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैक्रममा, बागमती–८ सोल्टीका कृष्णदेव महतोले घिरौला, रामतोरिया, करेला,पर्वर,भान्टा लगायतका तरकारी ६० रुपियाँ भन्दा माथि रहेको जानकारी दिए ।
उनका अनुसार डुवान हुनु भन्दा पहिलाको तरकारीको मूल्यको तुलनामा अहिले तरकारीको मूल्य दोब्बर भएको छ ।
ब्यापारीहरुका अनुसार तरकारी धेरै खरिद बिक्री हुने स्थानिय बजार लालबन्दि, हरिऔन, हरिपुर, बरहथवा, नवलपुर, गोडैता, मलंगवा लगायतका बजारहरु हरियो तरकारी डुबानपछि निकै कम आउने गरेको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा