सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, असार ३० । भूमाफियाले हडपेको जग्गा फिर्ता सम्बन्धि सर्वोच्च अदालतको आदेश र छानबिन समितिको प्रतिवेदन कार्यान्वयन नहुँदा राजधानीका नदी आसपास बर्सेनि बाढी र डुबानको सास्ती व्यहोर्नु परेको छ ।
उपत्यकास्थित बागमती, विष्णुमती, इच्छुमती (टुकुचा), धोवीखोला, मनोहरा, गोदावरीलगायत नदी तथा खोलाको प्राकृतिक बहाव नै छेकेर भूमाफियाले जमिन अतिक्रमण गर्दा वर्षायाममा नदी तथा खोला मानव बस्ती पसेर जनधनको क्षति हुने गरेको छ ।
उपत्यकाका अधिकांश नदी तथा खोला अतिक्रमणकै योजनाअनुसार करिडोरमा बाटो बनाएर नदीलाई सीमित दायरामा कैद गरिएको छ । खोलाको प्राकृतिक बहाव छेकेर भूमाफियाको सेटिङमा नदीको धार साँघुरो बनाइएको छ । यो समाचार आजको नागरिक दैनिकमा मातृका दाहालले लेखेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा