सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असार २९ । नेपालले दोस्रो टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा घरेलु टिम मलेसियालाई जितका लागि १७४ रनको लक्ष्य दिएको छ ।
क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनायो ।
नेपालको लागि विनोद भण्डारीले अविजित रहँदै ५१ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै शरद भेषवाकरले ४०, कप्तान पारस खड्काले २३, रोहित कुमार पौडेलले १९, करण केसीले १६ र पवन सर्राफले १० रन बनाए ।
मलेसियाका मुहमद फिर्टीले ३ तथा सैद अजिज र सर्विन मुनियनले समान एक विकेट लिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा