सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, असार ४ । नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन बिछ्याउने काम सकिएको छ । नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आइओसी) का प्राविधिकले मंगलबार पाइपमा पानी पठाएर गरेको परीक्षण पनि सफल भएको छ ।
आयल निगम रक्सौल–अमलेखगन्ज पाइपलाइन परियोजना प्रवन्धक प्रदीप यादवका अनुसार पाइपमा पानीको प्रेसर पठाएर गरिएको परीक्षण सफल भएको हो ।
पाइप फुट्ने जोखिम भएकाले गुणस्तर परीक्षण गर्न प्रेसर जाँच गरिएको हो । भारतबाट ट्यांकरमा पेट्रोलियम पदार्थ ढुवानी भइरहेको अवस्थामा अब पाइपबाट पेट्रोलियम पदार्थ ल्याउन सकिन्छ । यो समाचार आजको नागरिक दैनिकमा दिलीप पौडेलले लेखेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा