सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असार १ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोल, मट्टितेल र डिजेलको मुल्यमा प्रतिलिटर २ रुपैँया घटाएको हो भने हवाई इन्धन र ग्यासको मुल्य भने यथावत् नै रहेको छ ।
घटेको मुल्य आईतबार राति १२ बजेदेखि लागु हुनेछ । निगमको नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १०८, डिजल प्रतिलिटर ९६।५ र मट्टिलेल प्रति लिटर ९६.५ रुपैँया पर्ने छ।
इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ मुल्य अनुरुप मुल्य समायोजन भएको हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा