सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सोलुखुम्बु, असार १ । शनिबार राति सोलुखुम्बुको तिङ्ला भदौरेमा रहेको निर्माणधीन ८६ मेगावाट क्षमताको हाइड्रोपावरको एक्स्काभेटरमा अज्ञात समूहद्धारा आगजनी भएको छ ।
उक्त घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट बिहान ७ बजे प्रहरी निरीक्षक उत्तम कार्कीको कमाण्डमा प्रहरी परिचालन गरेको जनाएको छ । प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले उक्त क्षेत्रमा सञ्चार सम्पर्क हुन नसक्दा थप विवरण आउन नसकेको बताए।
आगजनी भएको एक्स्काभेटर हाइड्रोमा कार्यरत कन्स्ट्रक्सन कम्पनीको रहेको हाईड्रोपावरका निर्देशक भिम पाठकले जानकारी दिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा