सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कञ्चनपुर, जेठ ३२ । कञ्चनपुरको महेन्द्रनगरमा हुने प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आठ वर्षपछि राष्ट्रियस्तरको प्रतिस्पर्धा हुन लागेकामा उत्साही कञ्चनपुरका खेलाडी र खेलप्रेमीले नै प्रतियोगिता संचालनको जिम्मा लिएका छन् ।
महेन्द्रनगरमा यही असार ४ गतेदेखि हुन लागेको प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको अधिकांश तयारी पुरा भएको महाकाली स्पोर्ट सोसाइटीका अध्यक्ष सुमन भट्टले बताए । राष्ट्रिय खेलकुद परिषद्को सहकार्यमा आयोजना हुने प्रतियोगिता संचालनको सबै जिम्मा स्थानीय खेलाडी आफैले लिएका छन् । प्रतियोगिताको आयोजक स्थानीय महाकाली स्पोर्ट सोसाइटी हो ।
२०६८ सालको छैटौं राष्ट्रिय खेलकुद पछिको पहिलो राष्ट्रियस्तरको प्रतियोगिता हुन लागेकोले कञ्चनपुरका खेलाडी र खेलप्रेमी निकै खुसी छन । स्थानीयकै अग्रसरतामा एक महिनादेखि खेल मैदान व्यवस्थित पार्ने काम भैरहेको अध्यक्ष भट्टले बताए ।
क्रिकेट खेलाडी उत्पादनको महत्वपूर्ण थलो मानिने कञ्चनपुरबाट थुप्रै खेलाडी नेपाली राष्ट्रिय क्रिकेट टोलीमा सहभागि छन् । तर, राष्ट्रियस्तरका प्रतियोगिता खासै हुन्नन ।त्यसैले पनि यसपालीको प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता भव्य बनाउन कञ्चनपुरका खेलप्रेमी आतुर देखिन्छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा