सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
यज्ञराज उपाध्याय / टीकापुर, जेठ ३२ । ईलाका प्रहरी कार्यालय टीकापुरमा कार्यालय प्रमुखको रुपमा नयाँ प्रहरी नायव उपरीक्षक (डिएसपी) मनोहर प्रसाद भट्ट आएका छन । यहाँ भन्दा अगाडी काठमाडौको महानगरीय अपराध महाशाखा एवं लागू पदार्थ शाखामा रहेका भट्ट केही बर्ष अगाडी कैलालीकै धनगढीको वडा प्रहरी कार्यालयमा कार्यरत थिए । उनलाई त्यसबखत धनगढी भरी सिंघम नामले समेत चिनिन्थ्यो ।
यहाँ भन्दा अघि टीकापुरमा रहेको डिएसपी शिव बहादुर सिंह सरुवा भएर प्रदेश नम्बर ३ प्रहरी कार्यालय हेटौडा गएपछि बिहिबार मात्र भट्ट टीकापुर पुगेका हुन । भट्टले शुक्रवार सेतोखबर संग कुरा गर्दै आफुले एकदिनको समयमा आफ्नो क्षेत्रको केही भाग घुमेको बताउदै अब आफुले यहाँ केहि हदसम्म बाकी नै रहेको लागुऔषध, घरेलु मदिरा नष्ट गर्ने र लागुऔषधबाट बिसंगती तर्फ लागेका युवाहरुलाई सहि बाटोमा ल्याउने बताएका छन । यहाँ भन्दा अघि एकपटक मात्रै त्यो पनि रातिको समयमा टीकापुर आएको स्मरण गर्दै आफुले टीकापुरमै बसेर काम गर्ने इच्छा पहिलै देखि रहेको र जुन इच्छा अहिले पूरा भएको स्पष्ट पारे ।
उनले बर्दीको प्रहरीले चाहेर मात्र सबै कुरा नहुने दाबी गर्दै यहाँका आमनागरिक, जनप्रतिनिधि, सञ्चारकर्मी, बुद्धिजीवी, समाजिक अगुवा, व्यापारी, शिक्षक, विद्यार्थी इत्यादी सबै बिना बर्दीको प्रहरी हुन आवश्यक रहेको खुलस्त पारे । अहिले जस्तै टीकापुरलाई सुरक्षित कायम राख्ने र यहाँको सामाजिक सद्भाव कायम गर्नका लागि पनि आफु काम गर्ने उनले बताए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा