सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ ३१ । संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको शुक्रबार सिंंहदरबारमा बसेको बैठकले गुठी विधेयकका सम्बन्धमा विज्ञहरुसँग छलफल गर्ने भएको छ ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहित सरोकारवाला निकायहरुले गुठी विधेयक फिर्ता लिन सरकारलाई निरन्तर दबाब, चर्का-चर्की र नाराबाजी गरिरहेका बेला सो सम्बन्धी तथ्यहरु बाहिर ल्याउने गरी विज्ञहरुसँग छलफल गर्ने निर्णय गरेको समितिकी सभापति पूर्णाकुमारी सुवेदीले जानकारी दिए।
विज्ञहरु केशव बडाल, जगत बस्नेत, कृष्ण पौडेल, जगत देउजा, जनकराज जोशी, महेन्द्र श्रेष्ठ र प्रकाश जोशीसँग आउँदो साता बस्ने बैठकमा समितिले विधेयकका सम्बन्धमा छलफल गर्ने निर्णय भएको छ ।
समितिले भूमिसम्बन्धी आठौंँ संशोधन विधेयक आउँदो आइतबार असार १ गते बिहान बस्ने बैठकमा छलफल गर्ने कार्यतालिका तयार पारेका छन् । यसैक्रममा, असार २ गते सोमबार अपरान्ह ३ बजे वातावरण संरक्षण विधेयकमाथि छलफल गर्ने कार्यतालिकासमेत गरेको समितिकी सभापति सुवेदीेले जानकारी दिए ।
समितिले मंगलबार असार ३ गते बिहान साढे ८ बजे वातावरण संरक्षण विधेयकमाथि छलफल गर्ने, असार ४ गते बुधबार अपराह्न ३ बजे वातावरण संरक्षणसम्बन्धी विधेयकमाथि दफावार छलफल अघि बढाउने तथा असार ५ गते बिहीबार बिहान वन र असार ६ गते शुक्रबार अपरान्ह ३ बजे भूमिसम्बन्धी आठौँ संशोधन विधेयकमाथि दफावार छलफल सुरु गर्ने जानकारी दिए।
समितिकी सभापति सुवेदीका अनुसार समितिमा पेश भएको तीन वटा विधेयकमाथिको छलफल आउँदो हप्ताभित्र सम्पन्न गर्नेगरी कार्यतालिका तय पारेको जानकारी दिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा