सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ २७ । जापन नागोयामा बसोबास गर्ने नेपालीहरुको सक्रियतामा नेपाल भ्रमण वर्ष-२०२० लाई सहयोग पुर्याउने उद्देश्यले नेपाल महोत्सव-२०१९ गर्न लागेका छन् ।
नेपाल महोत्सव-२०१९ ले दुबै देशको सम्बन्ध थप घष्निट बनाउनुको साथै नेपाल भ्रमण वर्ष-२०२०लाई सफल पार्न सहयोग पुग्ने विश्वास आयोजकले लिएको जनाए।
नेपाली कला संस्कृति, परम्परागत झाँकी, रहनसहन, खाना, गीतसंगीत झल्किने महोत्सवबाट समग्र नेपालको विशेषता दर्शाउँदै नेपाल भ्रमण वर्ष-२०२० का लागि जापानी नागरिकलाई निमन्त्रण गर्नु नै मुख्य लक्ष्य रहेको संयोजक पारसमणि पोखरेलले जानकारी दिए।
जापानमा रहेको नेपाली दूतावास र एनआरएनएन नागोयाको संयुक्त आयोजनामा हुन लागेको महोत्सवमा नागोयामा क्रियाशील नेपाली संघसस्थाहरु सह(आयोजकको रुपमा सहभागी हुने पोखरेलले जनाएको छ । उक्त महोत्सव साकायको हिसाय दोहोरी पार्कमा यही जून १५ र १६ तारिकका दिन हुने जानकारी दिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा