सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ १६ । १४ औं संस्करणको एनटिसी मिस नेवाः नेपा: ११३९ का प्रतिस्पर्धिहरुले बुधवार नेवारी परिकार बनाएका छन् ।
पाटनस्थित ज्यापू समाजमा आयोजित एक समारोहमा मिस नेवाः का प्रतिस्पर्धिहरु मिस नेवाः समय बजि तथा भोज कार्यक्रममा सहभागि भएका हुन् ।
नेवार समुदायले कुनै विशेष कार्यक्रममा पाहुनाहरुलाई खुवाउने समय बजि तथा भोज अर्थात चिउरासंग अन्य धेरै परिकारहरु जस्तै छोयला, आलु, अचार, भटमास,बारा, साग, अदुवा, बोडीका साथै अन्य परिकारहरुलाई सजाएर लप्टे (पातको थाल) मा राखि पस्कनुलाई भनिन्छ ।
आयोजक संस्था नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धरका अनुसार प्रतियोगिताका किशोरी तथा युवती प्रतिस्पर्धिहरु आफैंले ती नेवारी भोजको परिकार बनाउनेक्रममा प्रा.डा.बिमला शाक्यले प्रतिस्पर्धिहरुलाई ती परिकार बनाउने शैलीका बारेमा जानकारी गराएकी थिइन् ।
आयोजक संस्थाले मिस नेवाः का प्रतियोगिहरुलाई विभिन्न समुहमा विभाजन गरेर छुट्टा–छुट्टै परिकार बनाउन लगाएको थियो । त्यसक्रममा प्रतिस्पर्धिहरुले आलुदेखिछोयलासम्मका परिकारहरु आफैंले बनाएर उपस्थित पाहुनाहरुलाई खुवाएका थिए ।
मध्यान्नदेखि नै नेवारी परिकारहरु तयार पार्न व्यस्त भएका मिस नेवाः का प्रतिस्पर्धिहरुले नेवारी परिकार बनाउन जान्ने सिप सिकाएको आयोजक संस्थालाई धन्यवाददिएका थिए ।
पिकनिकको शैलीमा सञ्चालित कार्यक्रममा कतिपय सहभागिहरुले यसअघि नै समय बजि बनाएको बताएका थिए भने कतिपयले पहिलो पटक समय बजिबनाइरहेको धारणा व्यक्त गरेका थिए ।
नेवारी कला, संस्कृति, भाषा, रहनसहन जस्ता विषयमा प्रशिक्षण लिने क्रममा सहभागि प्रतिस्पर्धिहरुलाई नेवारी परिकार बनाउने कार्यक्रममा सहभागि गराइएकोआयोजक हेमा मानन्धरको भनाइ छ ।
१४ औं संस्करणको मिस नेवाःनेपास् ११३९ को ग्राण्ड फिनाले जेठ ३२ गते शनिवार प्रज्ञा भवन, कमलादीमा सञ्चालन हुँदैछ । यसपटकको प्रतियोगितामा नेवारसमुदायका १७ जना युवतीहरुले भाग लिएका छन् ।
समय बजि तथा भोज कार्यक्रममा विभिन्न पाहुनाहरुका साथै सञ्चारकर्मीहरुको समेत उपस्थिती थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा