सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मकै संसारमा सबै भन्दा धेरै क्षेत्रफलमा लगाईने तथा सबै भन्दा धेरै खपत हुने बालीमा पर्दछ । बहु उपयोगि, यो बाली बाट, बिभिन्न परिकार, तेल, इन्धन, चीनी, रक्सी आदि बनाउने गरिन्छ । धेरै मानिसहरुले उसिनिएका मकै वा पोलिएका मकै खान मन पराउंछन् ।
यस किसिमका मकै खाएमा स्वास्थ्यका लागि के के फाइदा हुन्छ । मकैमा प्रशस्त्र पोषण तत्व हुन्छ । मकै खाएर मानिसका अनुहारमा हुने चाउरी हटाउन र बुढोपनबाट अलग्ग गराउन सहायक मिल्नुका साथै मुटु, रक्त नली र क्यान्सरको रोग निवारण गर्न पनि सकिन्छ । मकैमा भिटामीन बी, पोटासियम, फसफोरस र फलाम निहित रहेको हुन्छ । ती मध्ये मुटुको क्षमता बढाउने पोटासियमको क्षमता छ । मकैमा भिटामिन यी र सेलेनिअम पनि छ । क्यान्सर निवारण गर्ने सेलेनिअमको क्षमता हुन्छ । यति मात्र हैन मकैको अरु क्षमताहरु पनि छन् । जीवकोषलाई पतन हुने अवस्थाबाट जोगाउन सक्ने तथा रगतभित्रको कोलेस्टरोलको मात्रालाई कम पार्न सक्ने ताजा कलिला मकै को क्षमता हुन्छ ।
मकै बिभिन्न रंगका र प्रकारका हुने गर्दछ तर विशेष गरी पहेलो रंगको मकै जताततै पाइने गर्दछ । मकै नेपालको जुनसुकै भूभागमा पाइने गर्दछ। हरियो मकैमा भिटामिन ए ,बी र ई भरपुर मात्रामा पाइने गर्दछ। यसमा पाइने फाइबर्सले पाचन क्रियालाई राम्रो बनाउछ र यसमा भएको फाइटोकेमिकल्सले बिभिन्न रोग लाग्नबाट जोगाउछ। नियमित हरियो मकैलाई उसिनेर खानाले शरीरलाई निकै फाइदा गर्दछ :
दिनहुँ हरियो मकै खाँदाको फाइदाहरु
१) हरियो मकैले ब्लड सुगर लेबललाई नियन्त्रण गर्न मदत गर्दछ। हरियो मकैमा रहेको स्टार्च र फाइबरले ब्लड प्रेशर नियन्त्रण गर्न मदत गर्दछ
२) हरियो मकैको नियमित सेवनले पाचन क्रियालाई दुरुस्त राख्द छ। कब्ज र ग्यास्ट्रिकको समस्यालाई केहि हदसम्म समाधान गर्दछ।
३) आँखाको रोशनीलाई निकै राम्रो गर्दछ। हरियो मकैमा एन्टी ऑक्सीडेंट कैरेटेनाएड्सको कारण आँखामा हुने कैयँ बिमारीलाई कम गर्दछ ।
४) दांतको संरक्षण र बलियो पार्ने मकैको क्षमता हुन्छ
५) ताजा कलिला मकैमा प्रशस्त्र भिटामिन पाइन्छ, ताजा कलिला मकै मा प्रशस्त रेशा हुन्छ
६) मकैमा प्रशस्त्र पोषण तत्व हुन्छ
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा