सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ ४ । स्पेनले सन् २०२० को युरोकप छनोटका लागि २३ सदस्यीय फुटबल टोलीको घोषणा गरे । मिडफिल्डर सान्टी काजोर्लाले शुक्रबार राति घोषणा गरिएको टोलीमा चार वर्षपछि स्थान बनाए ।
यसअघि उनी चोटका कारण बाहिर रहेका थिए । स्पेनिस टोलीको गोलरक्षकमा डेभिड डी गिया, केपा अरीजाबलगा र पाउ लोपेज आदि रहेका छन् ।
यसैगरी रक्षकमा डानी कार्भाजल, सर्जियो रामोस, मारियो हेर्मोसो, डिएगो लोरेन्टो, मार्टिनेज, जोर्डी अल्बा, सेर्गी रोबर्टो, जोसे गया र जेसस नाभास रहेका छन् । मिडफिल्डरमा सेर्जियो बुस्केट, रोड्रिगो हर्नान्डेज, डानी परेजो, इस्को, फावियन रुइज र सान्टी काजोर्ला रहेका छन् ।
स्ट्राईकरमा मीकल ओयार्जबल, रोड्रिगो मोरेनो, मार्को एसेन्सियो, इआगो आसपस र अल्भारो मोरटा छन् । युरो कप छनोटमा स्पेन समूह ‘एफ’ मा छ ।
समूहमा स्पेनसहित, स्वीडेन, नर्वे, रोमानिया, फारोइ आइसल्यान्ड र माल्टा रहेका छन् । स्पेनले छनोटको पहिलो खेल जुन ७ तारिख फारोइ आइसल्याण्डसँग खेल्ने तयारी गरेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा