सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, जेठ १ । लामो समयदेखि अलपत्र परेको चाबहिल साँखु सडक निर्माण समयमै नभएको भन्दै स्थानीय र व्यवसायी आन्दोलनमा उत्रिएपछि कालोपत्रे गर्ने काम अघि बढेको छ।
यसअघि जति दवाव दिए पनि सडक कालोपत्रेको काम अघि नबढेपछि स्थानीय व्यवसायीको नेतृत्वमा बौद्धमा बाटो अवरुद्ध गरेका थिए । त्यसलाई खुलाउन प्रहरीले प्रयास गर्दा प्रदर्शनकारी विद्रोहमा उत्रिएका थिए।
प्रदर्शनकारी र प्रहरीबीच घम्साघम्सी नै चल्यो। त्यही क्रममा प्रहरीले अश्रु ग्याससमेत प्रहार गर्नुपर्ने स्थिति बन्यो। अन्तत : सडक तत्कालै कालोपत्र गर्ने सहमति भयो र अवरुद्ध सडक खुल्यो। सहमतिअनुसार अहिले बौद्ध क्षेत्रमा कालोपत्रे गर्नेक्रम बढेको छ।
टुसालदेखि बौद्ध गेट खण्ड र नारायणटारदेखि वाग्मती पुल खण्डमा यतिखेर कालोपत्र गर्ने काम अघि बढेको हो।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा