सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रुपन्देही, बैशाख २९ । ५ लाख घुस-रकमसहित २ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालयले रंगेहात पक्राउ गरेका छन् । पक्राउ पर्नेमा बाँके राप्तिसोनारी गाउँपालिकास्थित लामिडाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष टिकाराम कामी र कोषध्यक्ष दिपक खुना रहेका छन् ।
सामुदायिक वनको काठ लिलामीको लागि भन्दै कोटेशन दर्ता गरी काठ उपलब्ध गराउन सहजीकरण गरिदिने आस देखाइ सेवाग्राहीसँग घुस रकम माग्दै लिइसकेको भन्ने गोप्य सूचनाको आधारमा पक्राउ गरेको सूचना अधिकारी (शाखा अधिकृत) कृष्ण प्रसाद पौडेलले जनाएको छ ।
उनले भने, उनीहरुलाई राप्तिसोनारी गाउँपालिका–१ बैरीया कुसुमबाट पक्राउ गरिएको हो । उनीहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा