सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
धनगढी, वैशाख, २९ । गहुबाली भित्र्याएर धानको बिउ छर्ने तयारीमा जुटेका सुदूरपश्चिम प्रदेशका किशान मल नपाइए पछि समस्यामा परेका छन् । धानको बिउ छर्न डिएपी मल आवश्यक परे पनि धनगढीमा उपलव्ध नभए पछि भारतीय बजार जान बाध्य छन् । प्रदेशमा युरिया १५ हजार मेट्रिक टन, डिएपी १५ हजार मेट्रिक टन र पोटास एक हजार मेट्रिक टन माग रहे पनी त्यसको ५० प्रतिशत मल मात्र आयात हुने गरेका कारण समस्या बर्षेनी दोहरीरहने सरोकारवालाहरु दावी गर्छन् ।
बिउ छरेको केहि समयमै डिएपी मल आवश्यक पर्ने भएपनि अहिले बजारमा मलको गेडो छैन । ‘चाहिएको बेला जहिल्यै मल अभाव हुन्छ’ धनगढी उपमहानगरपालिका ८ का भेषराज जोशीले भने । मल नपाए उत्पादन घट्न उनको भनाइ छ ।
‘आवश्यक परेको बेला कहिल्यै मलखाद पाइँदैन’ धनगढी उपमहानगरपालिका ८ का सली बोगटीले भने, ‘पहिले नै मल ल्याएर राखौं भनेपनि खराब हुन्छ । चाहिएको बेला पाइदैन । मल अभावले किसानलाई जहिल्यै सास्ती हुने गरेको छ ।’ ‘नेताहरूले भाषणमा मात्र किसानका लागि काम गर्छु भन्छ,’ धनगढी उपमहानगरपालिका ८ कै राजेश रानाले भने, ‘अहिले डिएपी चाहिएको छ, सहकारीमा युरिया उपलब्ध हुन्छ । जति बेला युरिया चाहिन्छ, बजारमा डिएपी पाइन्छ । सरकारले किसानलाई झुलाउन मात्र जानेको छ ।’
कृषिका ठुला कुरा गरेको भएपनि सरकारले काम र योजनामा भने प्राथमिकता नदिएको किसानहरूको गुनासो छ । यहाँ नपाएपछि किसानहरू भारतीय बजारबाट गुणस्तरहीन मल ल्याएर प्रयोग गर्न बाध्य छन् । ‘यता नपाएपछि भारतीय बजारबाट ल्याउनुको विकल्प छैन’ राजेशले भने । प्रदेश सरकार पनि एकातिर प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउने कुरा गरिरहेको छ भने अर्कातिर किसानहरू आवश्यक परेका बेला मल नपाएको समस्या सुनाइरहेका छन् ।
सुदुरश्चिम प्रदेशबाट सरकारी अनुदानको मल बिक्री वितरण गर्ने जिम्मेवारी कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रिय कार्यालय धनगढी र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले पाएको छ । तर त्यहाँ पनि मल छैन । ‘आज मल पाइन्छ भन्ने सुनेर कृषि सामग्रीमा आएँ’ गोदावरी १ खप्तड बहुउद्देश्यीय सहकारी संस्थाकी सरस्वती भट्टले भनिन्, ‘किसानहरू मल ल्याइदिनुस् भनेर सहकारी धाएको धायै छन् । यहाँबाट सधै रित्तो हात फर्केर जानु पर्ने अवस्था छ ।’ हरेक बर्ष हुने मल अभावका कारण कृषि उत्पादनमा ठुलो असर पर्ने गरेको किसानहरू बताउँछन् । ‘समयमा मल नपाएर बर्षेनी उत्पादन घट्दै गएको छ’ सरस्वतीले भनिन् ।
कृषि सामग्री कम्पनीको वितरण प्रणाली समानुपातिक नभएकोले किसानलाई मर्का परेको हो’ धनगढी २ मा रहेको सर्वोदय सहकारी संस्थाका अध्यक्ष गिरीराज ओझाले बताए । उनले भने, ‘सहकारी भनेर कार्यालयले कतिपय ब्यापारीलाई पनि मल दिइरहेको हुन्छन् । वास्तविक सहकारी र किसानलाई मल उपलब्ध हुँदैन ।’
मल वितरणको जिम्मा पाएको कार्यालयका कर्मचारीहरूले पैसा खाएर चिनजानका आधारमा मल दिने गरेको उनले आरोप लगाए । कृषि सामग्री धनगढीका निमित्त प्रमुख नवलसिंह बोगटी भने, सहकारीको क्षेत्रफल र संख्याका आधारमा कार्यालयले मल वितरण गरिहेको बताए । ‘यतिबेला कार्यालयमा मलको मौज्दात शुन्य भएकाले समस्या छ’ उनले भने । सुदुरपश्चिममा यो बर्ष युरिया ४ हजार ५२६ मेट्रिक टन, डिएपी ४ हजार १ सय २३ मेट्रिक टन र पोटास १९५ मेट्रिक टन बिक्रि भएको बोगटीले बताए । चैत र बैशाखमा युरिया ६ सय, डिएपी ७ सय मेट्रिक टन बिक्रि भएको उनले बताए ।
हाल आवश्यक रहेको डिएपी मल साल्ट ट्रेडिङ कर्पोरेशनमा पनि मौज्दात छैन । कार्यालयले डिएपीको साटो आफुसँग रहेको सुपर मलको प्रयोग गर्न आग्रह गरेको किसानहरू बताउँछन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा