सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, बैशाख २२ । रातो मच्छिन्द्रनाथको जात्रा आजबाट सुरु हुँदैछ । जात्राअघि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर टंगालबाट बाजासहित पुल्चोक ल्याइनेछ । आज दिउँसो जात्रा सुरु हुने गुठी संस्थान ललितपुरका प्रमुख शैलेन्द्र पौडेलले जानकारी दिए ।
उनका अनुसार रातो मच्छिन्द्रनाथलाई टंगालबाट तीन बजे बाजासहित पुल्चोक लगिनेछ । पुल्चोक पुर्याएर विधिपूर्वक पूजा गरी रथारोहण गरेपछि जात्रा सुरु हुनेछ । रथलाई जेठ तेस्रो सातासम्म जावलाखेल पु¥याउने पु¥याउने योजना छ ।
रथ जावलाखेल पुगेको चौथो दिन भोटो देखाएर जात्रा समापन हुन्छ । मच्छिन्द्रनाथलाई लिन मीननाथको रथ पुल्चोक पुगेपछि दुवै रथ तान्न सुरु गरिन्छ । गाबहालसम्म मच्छिन्द्रनाथको रथको अघिअघि मीननाथको रथ तान्निछ ।
२५ वैशाखमा स्थानीयले रथलाई पुल्चोकबाट गाबहाल पु¥याउनेछन् । गाबहाल पुगेपछि मच्छिन्द्रनाथको रथलाई अगाडि राखेर नगर परिक्रमा गराउने परम्परा छ । १३ सय वर्ष अघिदेखि रथ जात्रा सुरु भएको गुठी संस्थान ललितपुरले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा