सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नर्वेको समुन्द्रि किनारामा एउटा व्हेल माछाको गलामा क्यामरा र रिङ पहिरीएकोले त्यहाँका विशेषज्ञले रशियन नौसेना माथि जासुसीको आरोप लगाइएको छ । उत्तरी समुन्द्रि किनारामा माझी त्यो समय अचम्ममा परे, जब गलामा एउटा रिङ लगाएको वेल्गा व्हेल यहाँ पुग्यो ।
नर्वेको विशेषज्ञले यसको जाँच गरेपश्चात एउटा नयाँ कहानी पत्ता लागेको छ । विशेषज्ञले व्हेलको गलामा लगाइएको रिङ कुनै सामान्य रिङ नभएर यो रिङमा क्यामरा र जासुसी उपकरण जडान गरेको दावी गरेका छन् ।
नर्वेको मेरीन बायोलजिस्ट जार्गन रीब्लिगका अनुृसार यो व्हेललाई रशियन नौसेनाद्धारा ट्रेन गराइएको छ । उनीहरु यसरी मिलिटरी अपरेशनको लागी समुन्द्रि जीवलाई ट्रेन गराउनमा माहिर मानिन्छन् । रिङमा सेन्ट पीट्सबर्ग पनि कुदिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा