सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
अफ्रिकी देश सुडानमा विहिवार सेनाले राष्ट्रपति उमर अल–बशीर (७५) लाई राज्यसत्ता परिवर्तन गर्दे सत्ता आफनो हातमा लिएको छ । योसँगै बशीरलाई पक्राउ गरीएको छ । तर सत्ता परिवर्तन पछि सडकमा आएका जनताले सेनासँग सत्ता जनताको हातमा सुम्पिन माग गरेका छन् ।
बशीरले पछिल्लो ३० बर्षदेखी देशमा मनमानि तरिकाले सत्ता सम्हालिरहेका थिए । उनको सत्ता विरुद्ध महिनौदेखी आन्दोलन चलिरहेको थियो । बशीर माथि नागरीकहरुको कैयौ नरसंहार गरेको आरोप थियो । अन्तराष्ट्रिय न्यायलयमा पनि उनी विरुद्ध विभिन्न मुद्धाहरु चलिरहेको छ ।
सत्ता परिवर्तनपछि सरकारी टेलिभिजनमा आएका रक्षा मन्त्रि अवाद मुहम्मद अहमद इब्र अएफले भनेका छन् कि सेना २ बर्षसम्म सत्ता सम्हाल्दै देशमा ध्वस्त भएको ब्यवस्थालाई बहाल गर्नेछ । यसपछि राष्ट्रपति चुनाव हुनेछ । चुनाव नहुदासम्म सैन्य परिषद देशको सत्ता सम्हाल्नेछ ।
सैन्य परिषदको प्रमुख को हुनेछ, अएफ ले यो भने स्पष्ट पारेका छैनन् । रक्षा मन्त्रालयले देशको संविधानलाई निलंबित गरी आपतकालिन अवस्था लागु गरीएको बताएको छ । साथै हवाई यातायात बन्द गरिएको छ र देशको सिमाबाट आवतजावत पनि अनिश्चितकालिन समयको लागी बन्द गरीएको छ । रक्षा मन्त्रिका अनुसमार बशीरलाई सुरक्षित स्थानमा राखिएको बताइएको छ ।
बशीर विरुद्ध आन्दोलन चलिरहेको सुडानीज प्रोफेशनल्स एसोसियशले रुक्षा मन्त्रिको घोषणालाई खारेज गरिदिएको छ । एसोसिएशनले रक्षा मन्त्रालयको बाहिर शनिवारदेखी धर्ना दिने घोषणा गरेको छ । एसोसिएशनको यो घोषणापछि हजारौ मानिसहरु सडकमा आएका छन भने उनीहरुले देशमा सैनिक शासन विरुद्ध प्रदर्शन गर्न शुरु गरेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा