सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, चैत्र २५। राप्रपाले शान्तिपूर्ण आन्दोलनमा सरकारले दमन गरेकोप्रति घोर निन्दा गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दे निषेधित क्षेत्रको सीमा मै रहेर गरिएको प्रदर्शनमा प्रशासनबाट अन्धाधुन्ध लाठीचार्ज, अश्रुग्यास प्रहार गरि भएको निर्मम दमनले सरकारको निरंकुश चरित्र उदांगो भएको ठहर गरेको छ ।
‘राप्रपाले हिन्दु राष्ट्रको पुनःस्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य, चर्को मूल्यबृद्धि नियन्त्रण लगायतका मागहरू राखी आज काठमाडौंमा गरेको शान्तिपूर्ण धर्ना कार्यक्रममा भएको व्यापक प्रशासनिक दमनको राप्रपा घोर निन्दा एवं भत्सर्ना गर्दछ।’ विज्ञप्तिमा भनिएको छ।
शान्तिपूर्ण ढंगबाट राजनीतिक गतिविधि गर्न पाउने संविधान प्रदत्त अधिकारको उपयोग गरि धर्ना बस्ने पूर्व निर्र्धािरत कार्यक्रम अनुसार निषेधित क्षेत्रको सीमा मै रहेर गरिएको प्रदर्शनमा प्रशासनबाट अन्धाधुन्ध लाठीचार्ज, अश्रुग्यास प्रहार गरि भएको निर्मम दमनले सरकारको निरंकुश चरित्र उदांगो भएको प्रष्ट छ।
राप्रपाले गत फागुन ७ गते सम्माननीय प्रधानमन्त्रीलाई हिन्दु राष्ट्रको पुनःस्थापना, राजा सहितको लोकतन्त्र स्थापनाका लागि सर्वपक्षीय गोलमेच सम्मेलन, संघीयता बारे जनमतसंग्रह लगायतका २२ बुँदे माग सहितको ज्ञापनपत्र पेश गरि आफ्ना मागका सम्बन्धमा जनमत सिर्जना गर्ने र सरकारलाई माग पुरा गराउन दवाव दिने उद्देश्यले जनसंघर्षको घोषणा गर्दै शान्तिपूर्ण प्रदर्शनमा होमिएको बताइएको छ।
वार्ता र सहमतिका आधारमा समस्याको निकास खोज्नुको सट्टा दमन र हस्तक्षेप गरेर परिस्थितिलाई उत्तेजित बनाउनु उपयुक्त हुँदैन भन्ने राप्रपाको धारणा रहेको छ र सरकारले वार्ताको वातावरण बनाएमा वार्ताको माध्यमबाट निकास सम्भव हुने राप्रपाको धारणा रहेको विज्ञप्तिमा भनिएको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा