सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
साउदी अरबका युवराज मोहम्मल बिन सलमानले भारतीय प्रधानमन्त्रि नरेन्द्र मोदीको अनुरोधमा बुधबार आफनो देशको जेलमा बन्द रहेका ८५० भारतीय कैदीहरुलाई छोड्न आदेश दिएका छन् । भारतीय विदेश मन्त्रालयले यो जानकारी दिएको हो । प्रधानमन्त्रि मोदी र साउदी राजकुमारको वार्ता पछि मन्त्रालयले घोषणा गर्यो कि भारत साउदी नागरीकको लागी ई–भीजा सुविधा बढाउनेछ ।
भारतका राष्ट्रपति रामनाथ कोविदले बुधबार राष्ट्रपति भवनमा साउदी अरबका युवराज मोहम्मद बिन सलमानको सम्मानमा आयोजीत भोजको दौरान भनेका छन् कि भारत साउदी अरबको भिजन २०३० मा साझेदारी बन्न चाहन्छ । भारतको पहिलो आधिकारीक यात्राका लागी आएका साउदी अरबका युवराजलाई स्वागत गर्दे कोविंदले भने कि भारत साउदी अरबसँग सौहाद्र्रपुर्ण सम्बन्धलाई महत्व दिन्छ र खाडी क्षेत्रलाई आफनो ठुलो छिमेकी मान्छ ।
भारत यात्रामा आउनुभन्दा दुई दिन पहिला यी प्रभावशाली अरब नेताले पाकिस्तानमा आफनो दुई दिने यात्रा गरेका थिए । जहाँ उनले पाकिस्तान सँग २ बिलियन डलरको सहयोग सम्झौता गरेका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा