सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बेलायत सरकारले भारतको लागी आफनो यात्रा परामर्श अद्यावधिक गर्दे केही विशेष इलाकालाई छोडेर जम्मु–कश्मीर को यात्रा नगर्न चेतावनी दिएको छ । यही बिच, जम्मु–कश्मीरको पुलवामा जिल्लामा भएको आतंकवादी आक्रमणको विरोधमा शनिवार लण्डन स्थित पाकिस्तान उच्च आयोग बाहिर भारतीय मुलका मानिसहरुले प्रदर्शन गरेका थिए । जम्मु–कश्मीरको पुलवामा जिल्लामा गएको विहिवार सीआरपीएफ का एक क्यानोभिमा आत्मघाती आक्रमण भयो जसमा भारतीय अर्धसैनिक बलका कमसेकम ४० जवानहरुको मुत्यु भएको थियो ।
पाकिस्तानी आतंकवादी संगठन जैश–ए–मोहम्मदले यो आक्रमणको जिम्मेदारी लिएको छ । पुलवामा आक्रमणको कडा निन्दा गरीसकेको बेलायतका विदेश एवं राष्ट्रमण्डल कार्यालय (एफसीओ) ले ब्रिटिश नागरीकलाई चेतावनी दिएको छ कि उनीहरु पाकिस्तानसँग जोडिएको सीमा इलाका र पर्यटक स्थलमा जानबाट रोक लगाइयोस् ।
परामर्श अनुसार, ब्रिटिश नागरीकलाई पाकिस्तानसँग जोडिएको इलाका वा यसको आसपास जानबाट बञ्चित गरिएको छ । एफसीओले ब्रिटिश नागरीकलाई पहलगाम, गुलमर्ग र सोनमर्ग जस्ता पर्यटकिय स्थलमा नजान सल्लाह दिएको छ । परामर्शमा भनिएको छ कि उनीहरु श्रीनगर भएर नजाउन यदि जरुरी भएमा मात्र जाउन । उनीहरुलाई जम्मु र श्रीनगरको बिच जम्मु–श्रीनगर राष्ट्रिय राजमार्ग जानबाट पनि बञ्चित गरिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा