सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कैलाली, फाल्गुन ०४ : धनगढीमा जारी धनगढी प्रमियर लिग डिपिएल ३ अन्तर्गत शनिबार हुने भनीएका २ औटै खेल बर्षाका कारण रद्ध भएको छ ।
शनिबार हुने भनिएको पहिलो खेल काठमाडौं गोल्डेन्स र विराटनगर किंग्स तथा दोश्रो महेन्द्रनगर युनाइटेड र धनगढी स्टारको खेल रद्ध भएको हो । बर्षाका कारण खेल रद्ध भएपछी चारओटै टीमले १–१ अंक बाँडेका छन्। डिपिएल क्रिकेट भैरहेको फाप्ला क्रिकेट मैदान पानीले हिलाम्मे बनेपछि खेल हुन नसकेको हो । बिहीवार राति र शुक्रबार रातिको पानीले मैदान म हिलाम्मे भएको छ ।
प्रतियोगीतामा काठमाडौं ५ अंक सहित शीर्ष स्थानमा पुगेको छ । विराटनगर, रुपन्देही र अत्तरीयाको समान ४ अंक छ। आजको खेल रद्ध भएसंगै धनगढीको प्रतियोगिताबाट बाहरिएको छ । यद्यपी धनगढीले एक खेल खेल्न बाँकी छ । महेन्द्रनगरको २ अंक हुँदा लगातार तीन खेलमा हार व्यहोरेको धनगढीको १ अंक छ । धनगढीको शीर्ष चारमा पुग्ने सम्भावना लगभग समाप्त भएको छ । धनगढी १ अंकका साथमा अंक तालिकाको पुछारमा छ। भने महेन्द्रनगर २ अंकका साथमा पाचौँ स्थानमा छ। महेन्द्रनगरको पनि प्लेअफमा पुग्ने सम्भावना कमजोर देखिन्छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा